×

सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने

images

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावीसभामा लामिछानेले नीति ल्याएर, कानून बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् ।

‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानून ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ’, लामिछानेले भने, ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानून अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुवात हुन्छ ।’

रास्वपाका सभापति समेत रहेका लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरुले आफूहरुलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरेका छन् ।

मङ्गलबार ११ बैशाख २०८१ ०५:३५ PM मा प्रकाशित

प्रतिक्रिया