×

जनता समाजवादी पार्टीले बुथ कब्जा गरेको आरोप --अध्यक्ष डा. सिके राउत

images

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बाराका दुई वटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएर जनता समाजवादी पार्टीले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका अध्यक्ष राउतले जनता समाजवादी पार्टी, नेपालले दुई वटा स्थानमा बुथ कब्जा गरेर पचरौता नगरपालिका बेलडाँडीमा हाम्रा प्रतिनिधिलाई छिर्न नदिएको र यस्तै अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको बताए ।
राउतले सञ्चारकर्मीसँग भने, “मैले हिजोदेखि नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाइ भएको छैन ।”

प्रहरी प्रशासनको मिलेमतोमा नै जसपाले बुथ कब्जा गरेको आरोप लगाए । बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार छन् ।

आइतबार​ १० बैशाख २०८० १०:२९ AM मा प्रकाशित

प्रतिक्रिया