×

छलफल चलिरहेको छ, भोलि ओलीसँग कुरा हुन्छ- प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।

आज नेकपा एस र जसपासँगको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिको विषयमा कुनै निष्कर्षमा नपुगेको र भोलि ओलीसँग छलफल गर्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘छलफल चलिराखेको छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्षसँग पनि भेट्छु ।’

बुधबार नेपाली कांग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका हुन्  

सरकारमा सहभागी नभएका दलहरुसँग राष्ट्रपति निर्वाचनबारे छलफल गरिरहेका प्रचण्डले गठबन्धन बदल्न खोजेको आशंका पनि छ । आज साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

बैठकपछि अन्य नेताहरुले पनि छलफल चलिरहेको भन्दै सहमति हुन बाँकी रहेको बताए । जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबार बिहान ८ बजे कांग्रेससहितको बैठक पनि बस्ने तय भएको बताए ।

बिहीबार ११ फागुन २०७९ ०९:१३ PM मा प्रकाशित

प्रतिक्रिया