×

विश्वकप खेल्ने नेपालको सपना चकनाचुर

images

काठमाडौं । यूएईसँग पराजित भयपछी  नेपालको टी२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । टी२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाल ६८ रनले पराजित भएको हो । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो । 

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न असफल भए । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन असफल भए ।

नेपाललाई हराएको युएई भने अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुन सफल भएको छ ।मंगलबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्याण्ड पनि विश्वकपका लागि छनोट भएको छ । आयरल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान १८.३ ओभरमा १०९ रनमा अलआउट भयो । ग्लोबल क्वालिफायरको फाइनलमा युएई र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

मङ्गलबार १० फागुन २०७८ ०७:२६ PM मा प्रकाशित

प्रतिक्रिया