×

राष्ट्रपतिको उम्मेद्‍वारको बारेमा निर्णायक छलफल गर्न बालुवाटारमा पुगे देउवा र नेपाल

images

काठमाडौं । राष्ट्रपति निर्वाचनका विषयमा निर्णायक छलफल गर्न कांग्रेस र एकीकृत समाजवादीका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटार पुगेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु बालुवाटार पुगेका हुन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का भने अघि नै बालुवाटार पुगिसकेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग महासचिव वेदुराम भुसाल, घनश्याम भुसालपनि बालुवाटार पुगेको स्रोतले जनाएको छ।

माओवादीबाट प्रधानमन्त्री प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत पनि बालुवाटार पुगेका छन्।

उनीहरुबीच राष्ट्रपतिको उम्मेद्‍वारको बारेमा निर्णायक छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।

बुधबार दिउँसो मात्रै राष्ट्रपति निर्वाचनबारे छलफल गर्न अध्यक्ष नेपाल देउवा निवास पुगेका थिए। यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र त्यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर नेतासहित देउवा भेट्न उनको निवास पुगेका थिए।

बुधबार १० फागुन २०७९ ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया