×

कांग्रेस संसदीय दलको नेता छान्न आज मतदान

images

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ । संसदीय दलको नेताका लागि अहिले बिहान ८ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ ।

संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै जनाले मंगलबार संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दर्ता गराईसकेका छन् । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।

सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक रहेका छन् भने महामन्त्री थापाको उम्मेदवारीमा नेता डा शेखर कोइराला प्रस्तावक र उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् । दलको नेता बन्न ४५ मत ल्याउनुपर्नेछ ।

बुधबार ६ पुस २०७९ ०८:२२ AM मा प्रकाशित

प्रतिक्रिया