×

अहिले देशमा दुई वटा गठबन्धन एउटा प्रतिगामी र अर्को अग्रगामी आमने समाने छन् : प्रचण्ड

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् । काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, 'एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमने-सामने भएका छन् ।

एउटा संविधान लोकतन्त्र मास्ने, अर्को संविधान  र लोकतन्त्र रक्षा गर्नेका​ बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।'काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार मानुषी यमी भट्टराई चुनाव क्षेत्रमै आयोजित शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मानुषीमा बच्चा बेलादेखि नै समर्पित भएर लाग्ने गुण भएको भन्दै प्रशंसा गरेका छन ।

‘मानुषी बौद्धिक, इनर्जेटिक र डाइनामिक मान्छे भएकाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका हुनसक्छ। म बच्चैदेखि मानुषीलाई चिन्छु। उहाँमा समर्पित भएर मिहिनेत गरेर लाग्ने गुण छ भन्ने मैले बच्चैदेखि थाहा पाएको हुँ।’ उनले भने। ‘मानुषीले चुनाव जित्नेमा विश्वास व्यक्त गर्दै उनले अहिले दुईवटा गठबन्धन आमनेसामने भएको बताए ।

उनी माओवादी केन्द्रकै चुनाव चिह्न लिएर यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी छन्। मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनाव सामान्य नभएको उनको भनाइ छ । देश, संविधान, र लोकतन्त्रले जित्ने हो कि होइन भन्ने यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचन, प्रचण्डले भने ।

शुक्रबार​ ४ कात्तिक २०७९ ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया