×

राष्ट्रपतिद्वारा संविधानको अपमान भयो : गठबन्धन

images

काठमाडौँ –सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै पाँच दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गरेको हो।

उक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथिनै प्रहार गरेको ठहर गरेको हो । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ।

आज वक्तव्य जारी गर्दै सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको हो। ‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ,’ वक्तव्यमा भनिएको छ। राष्ट्रपतिको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमा-बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको पनि गठबन्धनको भनाइ छ।

बुधबार ५ असोज २०७९ ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया