×

मतान्तर बढाउँदै बालेन शाह

images

कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २५५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का केशव स्थापितभन्दा बालेन १५ हजार १९२ मतले अगाडि हुनुहुन्छ । स्थापितले १८ हजार ६३  तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ९६३ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

    एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोेलले ३३ हजार २०१ मत प्राप्त गर्दा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४६७ मत प्राप्त गर्नुभएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा कामपाको मत गणना कार्य जारी छ । हालसम्मा वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, र ३२ को मत परिणाम सार्वजनिक भइसकेकोे छ भने वडा नम्बर ७, ९, १०, २३, २४, २५, २६, र ३१ को मत गणना भइरहेको छ ।

शनिबार ७ जेठ २०७९ ०७:५२ PM मा प्रकाशित

प्रतिक्रिया