×

कश्मीरमा आतंककारी समूहको आक्रमणमा परी ५ जना भारतीय सैनिकको मृत्यु

images

काठमाडौं । भारतको कश्मीरमा आतंककारी समूहको आक्रमणमा परी ५ जना भारतीय सैनिकको मृत्यु भएको छ ।

कश्मीरको रजौरी क्षेत्रको पुँछ र भिम्बर गल्लीबीचको सडकमा बिहीबार दिउँसो भएको आक्रमणमा राष्ट्रिय राइफल्सका ५ जना सैनिकको मृत्यु भएको हो । सोही आक्रमणमा परी एक जना सैनिक गम्भीर घाइते भएका छन् ।

पुँछदेखि ९० किलोमिटर पर भएको घटनामा आतंककारीहरुले सैनिक चढेको गाडीमा ग्रिनेड प्रहार गरेका थिए । भारी वर्षा र खराब मौसमकाबीच आतंककारीहरुले सैनिक गाडीमा आक्रमण गरेको र ५ जना सैनिकको मृत्यु भएको भारतीय सेनाको नर्दन कमाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिउको छ ।

जैश ए मोहम्मद समर्थित पिपुल्स एन्टी फाँसिस्ट फ्रन्ट नामक संगठनले आक्रमणको जिम्मा लिएको छ । एजेन्सी

शुक्रबार​ ८ बैशाख २०८० ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया