×

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, निष्कर्ष निक्लेन

images

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न असफल भएका तीन प्रमुख दलका नेतामध्ये प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार पुनः सोही विषयलाई लिएर भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच संवैधानिक परिषद्को बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा सहमति जुटाउन छलफल भएको प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरि तिम्सिनाले सञ्चारकर्मीहरूलाई बताए।

संवैधानिक परिषद्को बैठक बुधबार बसेको थियो। उक्त बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्ने प्रस्तावका सम्बन्धमा आफ्नो पार्टीलाई मुलुक सञ्चालनमा सत्तारूढ दलहरूले वेवास्ता गरेको र संवैधानिक परिषद्को बैठकका लागि मात्र प्रमुख प्रतिपक्षी दलका नेता चाहिएको हो भन्नेबारे चर्को असन्तुष्टि व्यक्त गरेका थिए ।

ओलीले प्रधानन्याधीश नियुक्त गर्नु पूर्व संसदीय सुनुवाइ समिति पहिले गठन गर्नुपर्ने अडाल राखेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले सर्वो अदालतमा हरिकुष्ण कार्की वरिष्ठ भएकाले उनलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरौं भन्ने प्रारम्भिक प्रस्ताव गरेका थिए । दुई नेताबीच भएको भेटघाटको निष्कर्ष निस्किएको छैन ।

शुक्रबार​ ८ बैशाख २०८० ०१:४२ PM मा प्रकाशित

प्रतिक्रिया