×

संसदीय दलको नेताको चुनाव नेपाली कांग्रेसको भविष्य र अपेक्षासँग जोडिएको छ- महामन्त्री गगनकुमार थापा

images

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको लागि प्रक्रिया सुरु भएको छ । दलको नेताको लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिष्पर्धामा उत्रिएका छन् ।

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल उभिएका छन् । थापाको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल उभिएका छन् । दलको नेताकाले निर्वाचनमा वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

 संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री थापाले दलको नेतामा उम्मेदवारी दिएका सभापति देउवालाई उम्मेदवारी फिर्ताको लागि आग्रह गरेका छन् । आज (मंगलबार) सिंहदरबारस्थित दलको कार्यालयमा दलको नेताको लागि उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले सभापति देउवालाई यस्तो आग्रह गरेका हुन् ।


उनले भने,‘सभापतिज्यूले अब शान्त मनले सोच्नुपर्छ र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन लिनुहोस । वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु ।’

उनले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गरे। उनले संसदीय दलको नेताको चुनाव नेपाली कांग्रेसको भविष्य र अपेक्षासँग जोडिएको बताए। महामन्त्री थापाले नेपाली कांग्रेसको नेतृत्वको सरकारबाट जनताले सुशासनको अपेक्षा गरेको बताए। 

मङ्गलबार ५ पुस २०७९ ०७:४९ PM मा प्रकाशित

प्रतिक्रिया