×

नवौं राष्ट्रिय खेलकुद : आर्मी च्याम्पियन

images

पोखरा । विभागीय त्रिभुवन आर्मी क्लव नवौं राष्ट्रिय खेलकुद २०७९ मा प्रथम भएको छ । एक सातासम्म गण्डकीको विभिन्न जिलल्मा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक १७२ स्वर्ण १०९ रजत र ८९ कांस्य सहित कूल ३७१ पदक जित्यो ।

पहिलो पटक राष्ट्रिय खेलकुदको विजेताले पाउने ट्रफी सुन र चाँदी समावेश गरेर बनाइएको थियो । १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त ट्रफी उचाल्ने आर्मी पहिलो भाग्यमानी टिम बन्यो । ६४ स्वर्ण ७३ रजत र ८१ कास्य गरी २१८ पदकसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लव दोश्रो, ६१ स्वर्ण ६१ रजत र ७३ कास्य पदक गरी १९५ पदकसहित नेपाल प्रहरी क्लव तेश्रो भएको छ ।

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरुमध्ये पहिलो हुन सफल भयो । वागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य गरी १२० पदक सहित समग्रमा थौचो भएको हो । वागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक गरी १४५ पदकसहित पाँचौं स्थानमा रहेको छ ।

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य पदकसहित सुदुरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण ९ रजत ७ कास्य पदकसहित आठौं, ६ स्वर्ण २२ रजत र ४० कास्य पदकसहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ ।

मधेश प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौै स्थानमा रहेको छ । मधेष प्रदेशले ५ स्वर्ण ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जितेको हो ।

सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्प्रर्धा हुने घोषणा गरिए पनि प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २/२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए । गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाडौंमा भएको थियो ।

 

बिहीबार ३ कात्तिक २०७९ ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया