×

दुलाल र मानन्धरको जोडी फाईनलमा

images

नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडी २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ को पुरुष डबल्स ४५ बर्ष माथी समूहमा भारतमाथी ३–२ को जित निकाल्दै फाईनल प्रवेश गरेका छन् ।
प्रशिक्षक अनिता महर्जनले मस्कटबाट जानकारी गराए अनुसार दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी पियुष दुवा र महेशचन्द्रको जोडीलाई ११–६, ६–११, ९–११, ११–९, ११–१ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । फाईनल खेल भोली बिहान ११ बजे रहेको समेत प्रशिक्षक महर्जनले जानकारी गराईन् ।

शुक्रबार​ ६ माघ २०७९ ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया