×

निजगढ विमानस्थलको क्षेत्रफल ४१५५ हेक्टरले घट्यो

images

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमै बनाउन विज्ञ समूहले सरकारलाई सुझाव दिएको छ । विमानस्थल बनाउन यसअघि तोकिएको ८ हजार हेक्टर क्षेत्रफललाई घटाएर सोही स्थानमै बनाउन विज्ञ समूहले सुझाव दिएको हो ।

विज्ञ समूहले दिएको सुझावअनुसार विमानस्थल निर्माण हुने क्षेत्रफल ४ हजार १५५ हेक्टर घटेको छ । उक्त विमानस्थल सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठअनुसार निर्माणको काम अघि बढाउन सकिने गरी समूहले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो ।

सुझावअनुसार अघि बढे विमानस्थल निर्माण हुने क्षेत्रफल ३ हजार ८४५ हेक्टर हुनेछ । यसअघि निजगढ विमानस्थल ८ हजार हेक्टरमा बन्ने भनिएको थियो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

सोमबार ३ असोज २०७९ १०:०६ AM मा प्रकाशित

प्रतिक्रिया