×

शतप्रतिशत सांसदको मत पाउछु : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले भोलि संसद्मा शतप्रतिशत विश्वासको मत पाउने दाबी गरेका छन् । संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘पुष २६ गते ९९ भन्दा बढि मत पाएको थिएँ । भोलि एक सय प्रतिशत पाउँछु ।’ प्रधानमन्त्री दाहालले भोलि (सोमबार) दिउँसो १ बजे संसद्मा विश्वासको मत लिने कार्यतालिका छ ।

प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यसअघि गत पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला उनले राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक जना सांसद बाहेक सबै दलका तर्फबाट विश्वासको मत प्राप्त गरेका थिए ।

आइतबार​ ५ चैत २०७९ ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया