×

ओली-प्रचण्ड पश्चगामी चरम नश्लवादी, मधेशले प्रतिकार गर्छ - सिके राउत

images

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ ।

 राउतले शासक वर्गालाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा दिएका छन् । उनले शासक वर्गले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै गम्भीर आक्रोश पोखेका छन् । 

उनले मधेशले शासक वर्गको उक्त कदमको प्रतिकार गर्ने पनि चेतावनी दिएका छन् । उनले आफूहरुसँग सडक र आन्दोलनको विकल्प सधैं खुल्ला नै रहेको पनि उल्लेख गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले यी साना दललाई वास्ता नगरेको र मन्त्रालय रोज्न लगाउँदा पनि बेवास्ता गरेको भन्दै जनमत पार्टी असन्तुष्ट छ । यही सन्दर्भमा राउतको यस्तो भनाई बाहिर आएको हो ।

उनले फेशबुकमा लेखेका छन्-

 

 

कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै #शासकवर्गले बूलडोज गरेको हो। पश्चगामी चरम नश्लवादीहरूको झुण्डले पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, हेप्दै, “#यो_देश_तिम्रो_होइन” संदेश दिँदै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़को हो।

मधेशले यसको प्रतिकार गर्नेछ। सड्क र आन्दोलनको विकल्प हामीसँग सँधै खुल्ला नै छ।

जब तक शोसित इन्सान रहेगा

धरती पर तूफान रहेगा…

बिहीबार ५ माघ २०७९ १०:१२ AM मा प्रकाशित

प्रतिक्रिया