×

बाेलेर जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ - प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई अरुका कुरा पनि सुन्न सुझाएका छन्। सोमबार ललितपुरको महानगरपालिकाको १०५ औँ स्थापना दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। ‘बालेन्द्रजी पहिले बोलेर हिँडिहाल्नुभयो।

पहिला बोलेर अरुका कुरा नसुनी हिँडिहाल्नेसँग मलाई अलिक इरिटेसन हुन्छ’, दाहालले भने, ‘आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न नबस्ने यो त ठीक भए। अरुका कुरा सुन्न पनि बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने बेलासम्म बसेर कुरा सुन्नुपर्छ।’प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले कुरा राखेका थिए। मेयर शाहले संघीय सरकारबाट कुनै कुनै कुरामा चाहेकोजस्तो सहयोग नमिलेको गुनासो गरेका थिए।

प्रधानमन्त्रीले चाहने हो भने खोला अतिक्रमणका विषय पाँच मिनेटमा सल्टिने पनि उनले बताएका थिए। ‘तपाईंले ती समस्याका लागि हामीसँग कति पटक बैठक बस्नु भयो सिंहदरबारमा? म जस्तो सहयोगी प्रधानमन्त्री अर्को को पाउनु हुन्छ?’, उनले भने, ‘ती कुराबारे रिकोग्नाइज गर्न तपाईं किन डराउनु हुन्छ? ललितपुर र भक्तपुरलाई संयोजन गर्ने जिम्मा पनि बालेन्द्रजीसँग छ। प्रधानमन्त्रीले बल गर्दैछ भन्ने किन देख्नु भएन?’

प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले कुरा राखेका थिए। मेयर शाहले संघीय सरकारबाट कुनै कुनै कुरामा चाहेकोजस्तो सहयोग नमिलेको गुनासो गरेका थिए। प्रधानमन्त्रीले चाहने हो भने खोला अतिक्रमणका विषय पाँच मिनेटमा सल्टिने पनि उनले बताएका थिए।

‘केही कुरामा भने काठमाडौं र ललितपुर फरक देखिन्छ। उदाहरणका लागि काठमाडौंमा खोला अधिक्रमण छ, ललितपुरमा खोला अतिक्रमण छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ।एकदिन दुवै अतिक्रमण हट्छ भन्ने आशा गर्छौं,’ मेयर शाहले भने, ‘कुनै-कुनै अतिक्रमण स्थानीय सरकार आफैंले रोक्न सक्छौं तर खोला अतिक्रमण सक्दैनौं।

त्यसैले प्रधानमन्त्रीलाई फेरि आग्रह गरेँ, यदि सम्माननीयज्यूले चाहनुभयो भने यहाँबाट अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो। तर उहाँले चाहनुभयो भने मात्र। त्यो पाँच मिनेटदेखि एक घण्टासम्ममा सल्टिने समस्याहरू पनि छन्। जुन मेयरहरूले मात्र र ल-इन्फोर्समेन्टले मात्र पनि सक्दैन। त्यस्ता कुरामा संघ सरकारले सहयोग गर्न पर्ने हुन्छ।’

उनले ललितपुर र काठमाडौं महानगरपालिका साथसाथै विकास हुनुपर्ने पनि बताए। तर केही कुराहरू उपत्यकाका मेयरहरू बसेर सल्टाउन सक्ने भए पनि कुनै कुरा संघीय कानुन र स्थानीय कानुनमा बाझिँदा समस्या भएको मेयर शाहले बताए।

‘फोहोरमैला व्यवस्थापन जुन बञ्चरेडाँडा सिस्डोलमा गरिँदै आएको छ। त्यसलाई स्थानीय सरकार आफैं‌ले गर्न सक्ने कुरालाई कानुनी बाधा अड्चन परेका छन्। त्यसलाई फुकाइदिन अनुरोध गर्दछु। जसले गर्दा काठमाडौं उपत्यका फोहोरमैला व्यवस्थापन दीर्घकालिन होस् भन्ने चाहना छ,’ मेयर शाहले भने।

यस्तै उपयका यातायात व्यवस्थापनका लागि केही कार्य गर्न खोज्दा मुद्दा परेर काम अगाडि बढाउन नसकेको मेयर शाहले बताए। 'यातायात व्यवस्थापन कार्य गर्न खोज्‍दा प्रदेश सरकारले मुद्दा हालेर बाधा अड्चन आएको छ,' उनले भने, 'स्थानीय सरकारले गरिरहेको काममा त्यसरी प्रदेश सरकारले मुद्दा हालिदिनु भएन। त्यो कुरामा सहकार्य गर्नुपर्छ।' 

सोमबार २ पुस २०८० ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया