×

स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

images

सहयात्रा नेपालले माई नगरपालिकास्थित अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि उक्त सामग्री प्रदान गरिएको हो । 

अस्पताललाई अक्सिजन कन्र्सनटेटर एक थान, प्यासेन मनिटर एक थान, सक्सन मेसिन एक थान, अक्सिमिटर दुई थान, नेवुलाईजर एक थान, सेनिटाईजर १० लिटर, डिजिटल थर्मोमिटर १० थान र माक्स २० प्याकेट प्रदान गरिएको हो । स्वास्थ्य सामग्रीको सहीरुपमा उपयोग गरिने माई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताउनुभयो । 

संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले माई नगरपालिकाका प्रमुख दीपककुमार थेवेलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । काठमाडौँको ‘टेवा’ संस्थाको आर्थिक सहयोगमा सामग्री उपलब्ध गराईएको शिवाले बताउनुभयो । यसअघि फाकफोकथुम गाउँपालिकाको आमचोक स्वास्थ्य चौकीलाईसमेत स्वास्थ्य सामग्री वितरण गरिएको सहयात्रा नेपालकी सदस्य सविता पाण्डेले जानकारी दिनुभयो । 

शुक्रबार​ ६ फागुन २०७८ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया