×

नेपाल खेलकुद महासंघ मकवानपुरको वार्षिक कार्यक्रम सार्वजनिक

images

काठमाडौँ  : नेपाल खेलकुद महासंघ मकवानपुरले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।  हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले आर्थिक वर्ष २०७८र७९ मा गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
 
महासंघले यही फागुन २४ गते नारी दिवसको अवसरमा ५ किलोमिटर महिला दौड प्रतियोगिता, २५ र २६ गते जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता, चैत १० गते देखि १२ गतेसम्म राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, चैत्र १७ गतेदेखि १९ गते सम्म खुल्ला फुटबल प्रतियोगिता, चैत्र २९ गते प्लेयर अफ द इयर २०७८ अवार्डद्वारा उत्कृट एक खेलाडी र खेल पत्रकारितामार्फत् खेलकुद गतिविधि र सम्पूर्ण खेलविधालाई प्रवर्द्धन गर्ने एक जना पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गर्ने महासंघले जनाएको छ । 

त्यस्तै, २०७९ बैशाख महिनामा राष्ट्रिय सिनक्युकोसिन प्रतियोगिता, जेठ १४ गते ५ किलोमिटर खुल्ला दौड प्रतियोगिता, असार ४ गते जिल्लास्तरीय साइकल प्रतियोगिता, श्रवण १२ गतेदेखि १४ गतेसम्म जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता, भाद्र महिनामा प्रदेशस्तरीय जुडो प्रतियोगिता, २०७९ घटस्थापनाको दिन स्लो स्कुटी प्रतियोगिता, मंसिर १४ गते नेकोसको स्थापना दिवसको दिन वार्षिक साधारणसभा गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, पुस महिनामा खुल्ला भलिबल प्रतियोगिता, माघ ८ गते वीरेन्द्र राई स्मृति मावि स्तरिय हिज्जे प्रतियोगिता र खेलाडीहरूका लागि स्वरोजगार बनाउन वार्षिक २ वटा सीपमूलक कार्यक्रम आयोजना गर्ने पत्रकार सम्मेलनमा महासंघका संयोजकले बताए 

शुक्रबार​ ६ फागुन २०७८ ०२:१३ PM मा प्रकाशित

प्रतिक्रिया