×

करिव दुई बर्षको प्रेमलाई बिबाहमा परिणत गरे बिशालले

images

काठमाडौँ  : नेपाली राष्ट्रिय फुटबल खेलाडी विशाल राई बैबाहिक बन्धनमा बाधिएका छन । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रबाट ब्यवसायीक फुटबल खेलिरहेका बिशालले शुक्रबार रविना गुरुङसँग आफ्नो गृह जिल्लामा बैबाहिक बन्धनमा बाँधिएका हुन । 

झापाका बिशाल र इलामकी रविनाविच करिव दुई बर्षदेखि प्रेम सम्बन्ध रहदैआएको थियो । जसलाई उनीहरुले बिबाहमा परिणत गरेका हुन । उनीहरुको राई र गुरुङको परम्परा अनुसार बिबाह भएको हो । 

दशरथ रंगशालामा सातदोबाटो युथ क्लवसँग जित निकालेर लगातार दोस्रो पटक मच्छिन्द्र लिग च्याम्पियन हुँदा बिशाल भने बिबाहका लागि झापा गएका थिए । 

ए डिभिजन लिगमा दुई फरक क्लवबाट लगातार चार पटक लिग जित्ने खेलाडीमा विशालपनि एक खेलाडी हुन । उनले दुई पटक मनाङबाट र दुई पटक मच्छिन्द्रबाट लिग जितेका छन । 

सन् २०१४ बाट सिनियर फुटबल टिमबाट खेलिरहेका बिशालले तीन गोल गरेका छन । उनले बंगबन्धु गोल्डकपमा माल्दिभ्सबिरुद्ध गोल गरेका थिए भने लाओससँगको मैत्रीपुर्ण खेलमा एक गोल गरेका थिए ।

यस्तै २०१९ मा भएको एएफसी एशियन कप छनोटमा फिलिपिन्सबिरुद्ध नेपाल चार एकले पराजित हुँदा एकमात्र गोल बिशालले गरेका थिए । 

शुक्रबार​ ६ फागुन २०७८ ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया