×

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

images

काठमाडौँ : आईसीसी टी २० विश्वकप क्रिकेटका लागि नेपालले ग्लोबल छनोटमा ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा ओमानविरुद्ध खेल्न लागेको नेपालले टस हारेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमले टस हारेपछि पहिला ब्याटिङ गर्नुपर्ने भएको छ । ओमानका कप्तान जिशान मक्सुदले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले ४ जना बलरलाई मैदान उतार्दा २ जना अलराउण्डर छन् भन् पाँच जना ब्याटरले नेपालको पारि सम्हाल्ने छन् । यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

सोही प्रदर्शन दोहोर्‍याउने रणनीतिमा हुने छ । आजको खेलमा शरद भेषावकर, गुल्सन झा र सागर ढकाललाई बाहिर राखिएको छ ।
 नेपालको  प्लेयिङ सेट

शुक्रबार​ ६ फागुन २०७८ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया