×

सत्ता गठबन्धनको बैठक बस्दै, संयुक्त अपिल जारी गर्ने

images

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो । आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने भएका छन् ।

बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको हो । साथै आज बस्ने बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भोट माग्न संयुक्त अपिल जारी गर्ने तयारी गरेको छ ।

त्यसो त आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल जारी गर्न लागेको जानकारी गराएका थिए ।  अपीलमा गठबन्धनको औचित्य, आवस्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी गर्न लागेका हुन् । 

सोमबार ३१ असोज २०७९ ०१:२८ PM मा प्रकाशित

प्रतिक्रिया