×

२०८० भदौँ महिनाको मासिक राशिफल

images

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । कार्य प्राप्तिका योग देखिन्छन् । सोचेका काम बन्नेछन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । श्रीवृद्धिका साथै कार्य प्राप्तिको योग पनि देखिन्छ । मित्रजनबाट सुख मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढ्नुका साथै मनमा उत्साह छाउनेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा व्यवधान खडा गर्न सक्नेछन् । स्वास्थ्यको क्षेत्रमा सजग रहनु उपयुक्त हुने देखिन्छ ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । खर्चमा वृद्धि हुनुसक्ने देखिन्छ । कलाका क्षेत्रमा विशेष रुचि जाग्नेछ । यात्राका अवसरहरू पनि प्राप्त हुनेछन् । भूधन लाभदायी रहनेछ । कार्य लाभका साथै सामाजिक मान प्रतिष्ठा पनि प्राप्त हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहनेछन् । कार्यमा अस्थिरता रहनुका साथै बोलीमा पनि विकार रहनसक्नेछ । प्रेम जीवन मध्यम रहनेछ । धातुजन्य वस्तु हानिकारक रहन सक्नेछन् ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका लागि यो महिना वृद्धिदायी रहनेछ । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । आमदानीका स्रोत बढ्नेछन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभको योग देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । व्यवसायमा उन्नति हुने देखिन्छ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका लागि भदौँ महिना मिश्रित फलदायी रहनेछ । व्यापार व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । प्राज्ञिक कार्यमा उन्नति हुनेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छन् । कर्म क्षेत्र बलवान् छ । शत्रु पक्ष भने सबल रहनेछन् । स्वास्थ्यमा प्रतिकूलता रहने भएकाले शीतजन्य वस्तुको प्रयोगमा सजगता अपनाउनु शुभ रहनेछ ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि भदौँ महिना यात्रादायी रहनेछ । कर्मप्राप्तिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमका विशेष रुचि जाग्नेछ । विद्याबाट लाभ हुनेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । धार्मिक कार्यमा पनि मन जानेछ ।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि यो महिना खर्चिलो रहनसक्ने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । कार्यमा उन्नति प्रगति हुने देखिन्छ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै पारिवारिक सुख पनि प्राप्त हुनेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्रबाट पनि लाभ हुनेछ । सन्तान सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । बोलीमा भने विकार रहनसक्नेछ । महिनाको उत्तराद्र्धमा स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्यमा अस्थिरता पनि रहनसक्ने देखिन्छ ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि भदौँ महिना लाभदायी रहनेछ । कार्य प्राप्तिका साथै पदोन्नतिका अवसर पनि मिल्नेछन् । आर्थिक उन्नति हुनेछ । कार्यमा सफलता मिल्नेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभका योग देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । शत्रु पक्ष भने सबल रहनेछन् । कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ । स्वास्थ्यमा पनि उतार चढाब रहनेछ ।

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि भदौँ महिना कार्यदायी रहनेछ । कार्य गर्ने अवसर प्रशस्त मिल्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन सफल र सुखद रहनेछ । शत्रु पक्ष सबल रहे पनि जीत आफ्नो पक्षमा हुने देखिन्छ । आर्थिक लाभका योग देखिन्छन् । वाणिज्य क्षेत्रबाट विशेष उन्नति हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । आमदानीका स्रोत बढ्नुका साथै कार्य गर्ने उत्साह मनमा जागृत हुने देखिन्छ ।

 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धनु राशिका लागि भदौँ महिना मिश्रित फलदायी रहनेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । पराक्रम बढ्नेछ । कला मनोरञ्जनमा विशेष लगाव रहने देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । यात्राको विशेष योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै विद्या क्षेत्रमा सफलता हातपर्ने देखिन्छ । परिवारको साथ सहयोग मिल्नेछ । बोलीमा ओज रहे पनि कार्यान्वयनको पक्ष फितलो रहने देखिन्छ । शत्रु क्षेत्र सबल रहने भएकाले सजग रहनु नै उत्तम हुनेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । कार्यमा केही विलम्ब हुनसक्ने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र भने फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । मित्रप्रतिको विश्वास कार्य सम्मपन्नताका लागि कच्चा हुन सक्नेछ । शत्रु पक्ष पनि सबल रहनक्ने छन् । भौतिकवस्तु भने लाभदायी रहने देखिन्छ । कार्यमा उन्नति हुने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुने देखिन्छ ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
कुम्भ राशिका लागि यो महिना यात्रामयी रहनेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुने छन् । बोलीको विशेष प्रभाव रहनेछ । धनको क्षेत्र सबल रहे पनि खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ । यात्राका सुखद् अवसर प्राप्त हुनेछन् । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै पदोन्नतिका अवसर पनि मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मीन राशिका लागि यो महिना लाभदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कृषि कर्ममा मन जानेछ । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोगले महिना सुखद् रहनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । सुखद् यात्राका योग पनि देखिन्छन् ।

बिहीबार ३२ साउन २०८० १०:०२ PM मा प्रकाशित

प्रतिक्रिया