×

बागमती प्रदेश सभाको बैठक बस्दै

images

काठमाडौँ  : बागमती प्रदेशसभाको बैठक १६ फागुनमा बस्ने भएको छ । ८ पुसमा अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक ६८ दिनपछि बस्ने भएको हो ।


बुधबार प्रदेश सभा सचिवालयले १६ फागुनमा दिनको १ बजे प्रदेश सभा बैठक बस्ने जानकारी गराएको हो । बुधबार हेटौंडामा आह्वान गरेको सर्वदलीय बैठकमा १५ फागुनमा पुनः सर्वदलीय बैठक राख्ने र १६ मा प्रदेशसभा बैठक डाक्ने विषयमा सहमति जुटेको हो ।

बुधबार प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक गरेर प्रदेश सभा बैठक बेलाउने निर्णय गरेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । ुबुधबार सम्पन्न सर्वदलीय बैठकमा १६ गते हुने प्रदेशसभा बैठक एमालेले अवरोध नगर्ने सहमति भएको छ,’ सचिव खड्काले भने ।

एमालेले मन्त्रालय विभाजनको औचित्य प्रस्ट्याउनु पर्ने, आफ्नो नेतृत्वको सरकारले ल्याएको योजना कटौती फिर्ता गर्नुपर्ने कारण र नेकपा ९एकीकृत समाजवादी० को कमिटी गठन भएको स्थानमा मात्रै बजेट दिने भनेर मुख्यमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु पर्ने लगायत माग राख्दै सदन अवरुद्ध गरिरहेको छ ।

प्रदेश सभा सचिवालयका सचिव खड्काका अनुसार सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दल एमालेलाई चित्तबुझ्दो जवाफ दिएपछि एमालेले संसद् चल्न दिने सहमतिमा पुगेको हो ।

बिहीबार ५ फागुन २०७८ ०२:१० PM मा प्रकाशित

प्रतिक्रिया