×

कलाकारसँग प्रचण्डको भेट

images

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले गायक तथा कलाकारसँग भेटघाट गरेका छन् । उनको सचिवालयका अनुसार प्रचण्डले आज गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल, गायिका कल्पना दाहालसँग घेटघाट गरेका हुन् ।


उनले सबै कलाकारसँग अलग(अलग भेट गरेका थिए । भेटमा कलाकारहरूले प्रचण्डसँग खुलेर आफ्नो कुरा राखेका थिए । 

‘आज अध्यक्ष कमरेड प्रचण्डले गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल, गायिका कल्पना दाहालसँग अलग(अलग भेटघाट गर्नुभयो । क। प्रचण्डसँग सबै कलाकर्मीहरूले खुलेर आफ्नो कुरा राख्नुभयो,’ प्रचण्ड स्वकीय सचिव गंगा दाहालले फेसबुकमा लेखेकी छन् ।   

बिहीबार ५ फागुन २०७८ ०२:१८ PM मा प्रकाशित

प्रतिक्रिया