×

समाजवादी मोर्चाबारे प्रचण्ड र बाबुरामबिच छलफल , समाजवादी मोर्चा आज घोषणा नहुने

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भट्टराई समाजवादी मोर्चाको विषयमा कुराकानी गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । अध्यक्ष भट्टराईले प्रधानमन्त्री प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसीलगायतका शान्तिप्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा छलफल भएको बताए ।

देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहत समाजवादी मोर्चा निर्माण गर्न आवश्यक भएको उनको भनाइ छ । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने पक्का छ ।

डा. भट्टराई नेतृत्वको समाजवादी जसपाका कारण आउन आनाकानी गरिरहेको टिप्पणी भइरहेका बेला उनले प्रष्ट पार्न खोजेका हुन्।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हालैको भारत भ्रमण, संघीय बजेट, शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहङ्गम कुराकानी भएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव भएसम्म सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ। बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह छ।’

माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए ।

शुक्रबार​ १ असार २०८० १२:२३ PM मा प्रकाशित

प्रतिक्रिया