×

आइसिसि क्रिकेट लिग–२ खेल हेर्न प्रधानमन्त्री दाहाल क्रिकेट मैदानमा  

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा जारी आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तरगतको अन्तिम खेल हेर्न सहभागि भएका छन्  ।  मैदानमा नेपालसँग यूएई भिड्दैछ । यूएईका कप्तान मोहम्मद वासिमले टिस जितेपछि नेपाललाई बलिङको निम्तो दिएको हो । 

नेपाललाई आजको खेल जित्नै पर्ने वाध्यता छ । खेल जिते नेपाल आगमी जुन र जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा सिधै खेल्न पाउनेछ । खेल हारे यही महिना नामिबियामा हुने ‘क्वालिफायर प्लेअफ’ खेल्नु पर्नेछ ।

खेल मैदानमा कुशल मल्ल, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, ललितनारायण राजवंशी रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने उत्रिएका छन् । 

घरेलु मैदानमा जारी खेल हेर्न बिहीवार बिहानै देखि दर्शक भेला हुन सुरु भइसकेको छ । क्यानका अनुसार समर्थकले बुधवार नै मैदानमा सहभागि हुन टिकट काटि सकेका छैन । सबै टिकट बिक्रि भइसकेको क्यानको भनाई छ । क्यानका अनुसार बुधवार साँझसम्म करिब ११ हजार टिकट बिक्रि भइसकेका छन् । 
 

बिहीबार २ चैत २०७९ ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया