×

कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण 

images

काठमाडौं । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।  आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

यसरी सपथ ग्रहण गर्नेहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन् ।  
 

बिहीबार ४ फागुन २०७९ १२:३१ PM मा प्रकाशित

प्रतिक्रिया