×

राखेप सदस्य सचिवको जिम्मा थापालाई

images

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको जिम्मा बरिस्टताको आधारमा प्रशिक्षण बिभाग प्रमुख कुल बहादुर थापाले पाएका छन। सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरी मन्त्री परिषद्ले गत मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।  नियुक्त र बर्खास्ती सम्बन्धि सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई फागुन आठ गतेको लागि सरेको छ । यो मुद्दा को सुनुवाई नभयसम्म थापाले परिषदको सदस्यसचिबको जिम्मेवारी समाल्नेछन ।  

बुधबार ४ फागुन २०७८ ०५:२४ PM मा प्रकाशित

प्रतिक्रिया