×

असार ३२ गते शनिबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
अचानक कमाई हुनेछ । पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
नसोचेको ठाँउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
आफन्त मिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
पैसा कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । यात्राको संभावना छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
वादविवादको सामना गर्नुपर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । अनेक किसिमका झमेलामा परिएला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । परोपकारका काममा मन जानेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । नसोचेको काम बन्ने छ, प्रिय साथीसँग पनि भेटघाट होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । काममा समस्या देखिएला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला । पिडा दिनेहरु सक्रियछन्, सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
धन आर्जनमा राम्रो दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुने छ । स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ ।

शुक्रबार​ १७ असार २०७९ ०६:०१ AM मा प्रकाशित

प्रतिक्रिया