×

काठमाडौंमा बालेनको दोब्बरको अग्रता

images

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झनै बढाएका छन्।पछिल्लो मतगणना अनुसार बालेनको मत ३८३४ पुगेको छ । साथै एमालेका उम्मेदवार केशव स्थापितले १९९६ मत ल्याएका छन् । उनी बालेनभन्दा १८३८ मतले पछाडि छन् ।

कांग्रेसकी सिर्जना सिहले १८०२ मत पाएकी छिन् । अहिले काठमाडौँको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मत गणना भइरहेको छ। मत गणना भइरहेको छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन्

काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहेका पाँच वटै वडा हरेकमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनले शाहले अग्रता लिएका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन्। 

वडा नम्बर ३१ को मतगणना केही समयअघि मात्र सुरु भएको हो। यसमा पनि बालेनले नै अग्रता लिएका छन्।

आइतबार​ १ जेठ २०७९ ०७:५७ PM मा प्रकाशित

प्रतिक्रिया