×

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा

images

काठमाडौँ, ३ वैशाख : नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन  ।

पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत स्वागत गरे । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उहाँ पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । 

उनले सोमबार बिहान नेसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको सामाजिक सन्जालमार्फत् जानकारी गराएका थिए । भविष्यका नयाँ चुनौती पूरा गर्न, माओवादी पार्टी र आन्दोलनलाई नयाँ स्तर र उचाइमा उठाउन योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर फेरि यात्रामा लामबद्ध भएको उनले बताएका छन् ।

‘सुशासन, समृद्दि, सामाजिक न्याय र समाजवादको यात्रा टुटेर, फुटेर अथवा छुट्टाछुट्टै हिँडेर पूरा गर्न नसकिने रहेछ,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘आज देशलाई वामपन्थी शक्तिबीच नयाँ स्तरको एकता र सहकार्य चाहिएको छ । अझ हिजोका क्रान्तिकारी शक्तिहरु सबै प्रकारका पूर्वाग्रहबाट माथि उठेर एकताबद्व हुनु झनै आवस्यक छ ।’

सोमबार ३ बैशाख २०८१ १०:३८ AM मा प्रकाशित

प्रतिक्रिया