×

प्रधानमन्त्री प्रचण्ड द्वारा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन

images

काठमाडौं ।  नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ब्रेक थ्रु अर्थात् वारपार छेड्ने काम पूरा भएको छ ।  प्रधानमन्त्री  प्रचण्ड द्वारा  नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन गर्न पुगेका छन् ।  अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको  उपस्थिती रह्यो ।

सुरुङमार्ग वारपार भइसके पनि सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । 

यस सुरुङमार्गमार्फत् काठमाडौंको बलम्बुबाट करिब तीन मिनेटमै धादिङको सिस्नेखोला पुग्न सकिनेछ ।आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको छ । आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ ।

सोमबार ३ बैशाख २०८१ ०३:२१ PM मा प्रकाशित

प्रतिक्रिया