×

शिक्षा मन्त्रालयद्वारा १६ बुँदे कार्ययोजना सार्वजनिक

images

काठमाडौं । मधेस प्रदेशको शिक्षा विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले मधेस प्रदेशमा शिक्षा तथा वाणिज्य क्षेत्रको विकासलागि १६ बुँदे कार्य योजना सार्वजनिक गरेका छन ।  बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत उनले शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि १६ बुँदे योजना सार्वजनिक गर्दै आगामी दिनहरुमा प्रदेशको शिक्षा सुधारलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउने बताएका हुन् । 

मन्त्री यादवले मधेस प्रदेशको साक्षर दर दिनप्रतिदिन खस्किरहेकोमा चिन्ता व्यक्त गर्दै प्रदेशमा वाणिज्य क्षेत्रको विकासका लागि हालसम्म कुनै ठोस काम नभएको बताएका छन । उनले आफूले पदभार ग्रहण गरेको दिनदेखिनै प्रदेशलाई साक्षर प्रदेश बनाउने संकल्प गरेकोले अबका दिनमा पूर्ण समर्पित भएर उक्त काममा लाग्ने विश्वास व्यक्त गरे ।

बुधबार १ चैत २०७९ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया