×

ल्होत्से मलमा भएको लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न कांग्रेस नेता महतको माग  

images

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले, सरकारसँग ल्होत्से मलमा सोमबार भएको लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न माग गरेका छन् । 
आज प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस प्रवक्ता समेत रहेका सांसद महतले लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘लुटपाटका फुटेज बाहिर आएका छन् तर अहिलेसम्म कुनै कारबाही अघि बढ्दैन ।  काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिन सक्दैन भनेदेखि दुरदराजमा बस्ने नागरिकको हालत के हुन हुन्छ ?  सरकार गम्भिर हुनुपर्छ र दोषीलाई तत्काल कारबाही गर्नुपर्छ ।’

यातायात मजदुरहरूको आन्दोलनका क्रममा ल्होत्से मलभित्र पसेर केही व्यक्तिहरूले दुई मोबाइल पसल र मोबाइल रिपेरिङ  सेन्टरमा लुटपाट गरेका थिए । यस सम्बन्धि भिडिओहरू पनि बाहिरिएका थिए ।  उनले अराजक प्रवृत्ति फैलिने डरको सुरूवात यस्तै क्रियाकलापहरूले हुने भन्दै तत्काल यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् । 

बुधबार ३ फागुन २०७९ १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया