×

मोस्ट वान्टेड सूचीमा राखिएकी समान्थाको सुराग अझै भेटिएन, १० वर्षदेखि इन्टरपोलको खोजीमा

images

 

लन्डनमा सन् २००५ जुलाई ७ मा बम बिस्फोट गराउने जर्मेन लिन्डसेकी विधवा पत्नी समान्था ल्यूथवेटलाई इन्टरपोलले सन् २०१२ को सूचीमा मोस्ट वान्टेड अपराधीको सूचीमा राखेको थियो । उनी अफ्रिकाको जंगलमा लुकिरहेको आशंका गरिँदै आएको छ ।

एक रिपोर्टका अनुुसार समान्था ल्यूूथवेटले पूर्वी अफ्रिकामा सक्रिय सोमालियाको आतंकवादी संगठन अल–शाबाको संचालन गरेकी थिइन् । १० वर्ष अघि उनी गायब भइन् र उनको परिवारले पनि उनको मृत्यु भइसकेको ठाने । समान्थाका चार सन्तान छन् ।

समान्था ल्यूूथवेट उत्तरी आयरल्यान्डमा जन्मिएकी थिइन् र बेलायतमा बस्दै आएकी थिइन् । आमाबुवाको सम्बन्ध विच्छेदपछि आइरिस मुलकी समान्थाले इश्लाम धर्म अपनाएकी थिइन् । त्यसपछि  इराकमा लडाईका बेला लण्डनमा प्रदर्शन भइरहेको थियो, त्यति नै बेला उनको भेट जर्मेन लिन्डसेसँग भएको थियो । दुईबीच  राम्रो सम्बन्ध स्थापित भएपछि आफ्नो सम्बन्धलाई विवाहमा परिणत गरे । विश्वको सुरक्षा एजेन्सीका अनुसार उनी अझैपनि सोमालिया वा तान्जानियाको घना जंगलमा लुुकेको बसिरहेकी हुनसक्छ ।

मिडियाले समान्थालाई दिए नयाँ नाम

जर्मेन लिन्डसेले सोमालियाको आतंकवादी संगठन अल–शबाबसँग काम गर्न सुरु गरिन् । यसको केही समयपछि समान्था यो संगठनसँग जोडिइन् । लन्डनमा सन् २००५ मा रेलमा चरमपन्थी हमला भयो । जुन अन्डरग्राउन्ड रेल र एक बसमा भएको थियो । यसमा कुल २६ मानिसको मृत्युु भएको थियो । जर्मेन लिन्डसे आतंकवादी हमला गर्ने चरमपन्थीमा समावेश थिए र आत्मघाती हमलामा उनी पनि मारिए ।

हमलापछि जब प्रहरीले उनको घरको जाँच गर्नका लागि छापा मा¥यो समान्था त्यहाँ पहिलेदेखि नै थिइन् । अनुसन्धानका बेला घरमा व्यापक भड्काउने खालको सामान फेला प¥यो र बम बनाउने सामान पनि थियो । सामन्था एक  अश्वेत बेलायती थिइन् र इश्लाम धर्म अपनाएकी थिइन् । आइरिस भएकाले उनी असाध्यै गोरी थिइन्, त्यसैले मिडियामा उनको नाम ‘द ह्वाइट विडो’ राखियो ।

कयौँ चरमपन्थी हमलाकी मास्टरमाइन्ड

सन् २०१२ मा मोम्बासामा चरमपन्थ हमला भएको थियो । जसमा कयौँ फुटबल फ्यान मारिएका थिए । गुप्तचर एजेन्सीका अनुसार यस हमलाको मास्टरमाइन्ड समान्था नै भनिन्छ । यसैगरी उनीमाथि केन्यास्थित आफ्नो घरमा बम बनाउने सामग्री र हतियार राखेको आरोपसमेत लागेको थियो ।

समान्थाको खोजीमा इन्टरपोलसमेत केन्या र बेलायतको प्रहरी जुटेका छन् । तर, समान्था अहिलेसम्म कहाँ छिन् भन्ने थाहा छैन । सन् २०१४ मा एउटा हल्लाका अनुसार रुसका एक स्नाइपर सुटरले उनको हत्या गरेका थिए । तर, इन्टेलिजेन्सको रिपोर्टमा यो कुरा पुष्टि हुन सकेन । उनी स्वतन्त्र रुपमा घुमिरहेको थुप्रै मिडियाले बताउने गरेका छन् ।  सन् २०१५ मा केन्याको युनिभर्सिटीमा भएको आतंकवादी हमलामा पनि समान्था सम्बन्धित भएको बताइन्छ । उक्त हमलामा १४८ जना मारिएका थिए ।

 

मङ्गलबार ३ फागुन २०७८ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया