×

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको संसद बैठकमा एमसीसी पेस हुने विश्वास

images

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको संसद बैठकमा एमसीसी पेस हुने विश्वास लिएका छन्। 


मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटासँगको परामर्शपछि आफू भोलि एमसीसी टेबल हुनेमा आशावादी रहेको बताएका थिए। 

बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले भने, ुएमसीसी भोलि पेस हुने कुरामा प्रधानमन्त्रीले मैले सभामुखसँग परामर्श गरेको छु भन्नु भएको छ। खासगरि सभामुखसँग भएको कुराकानीबाट भोलि टेबल हुनेमा विश्वस्त छु भन्नु भएको छ।

थापाले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेको र सो प्रस्तावलाई संसदमा टेबल गरेर अनुमोदनको प्रकृयामा अघि बढाइन लागेको बताउँदै तत्कालिन समयमा नेकपामा रहेका नेताहरु अहिले फरकफरक दलमा रहेको भए पनि पास गर्न सहयोग गर्ने आफूहरुले विश्वास लिएको बताए। 

मङ्गलबार ३ फागुन २०७८ ०२:०२ PM मा प्रकाशित

प्रतिक्रिया