×

संसद्को बनावटले कसलाई कतिबेला कहाँ पु-याउँछ भन्ने टुंगो छैन : ओली

images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसद्को बनोट अस्थिर प्रकृतिको रहेको बताएका छन्। मंगलबार अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिर प्रकारको संसद्को बनावटले कसलाई कतिबेला कहाँ पु¥याउँछ भन्ने टुंगो नभएको बताए।

विगतको पाँच दलीय गठबन्धन तोडेर नयाँ गठबन्धन निर्माण गरी सरकार बनाएकोमा एमालेका नेताहरू खुसी भए पनि त्यो खुसीलाई कतिन्जेल टिकाउन सकिन्छ भन्ने कुरामा गम्भीर हुनुपर्नेमा उनले जोड दिए। अस्थिर संसदकै कारण वर्तमान सरकारले बनाएको सात दलीय गठबन्धन टिकाउन दलहरूलाई निकै हम्मेहम्मे परेको संकेत गर्दै ओलीले भने– ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको छ । बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’

पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाएको स्मरण गराउँदै ओलीले एमालेका साथीहरू धेरै खुसी भइहाल्नुपर्ने अवस्था नरहेको बताए । ‘हाम्रा धेरै साथीहरू खुसी हुनुहुन्छ । खुसी हुनु पनि पर्छ । तर, धेरै खुसी हुनुहुँदैन । संसद्को बनावट यति अस्थिर छ की कुनबेला के हुन्छ पत्तै हुँदैन ।’ नेपाल समाचारपत्र दैनिकबाट

बुधबार ३ फागुन २०७९ ०८:३४ AM मा प्रकाशित

प्रतिक्रिया