×

यतीको विमान दुर्घटना अपडेट- ६४ जनाको मृत्यु भएको पुष्टि , अहिलेसम्म कोही पनि जीवित भेटीएनन (तस्बिर )

images

पोखरा-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन-एएनसी जहाज आइतबार पोखरामा दुर्घटनामा पर्‍यो । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको जहाज दुर्घटना भएको हो । विमानमा ४ सदस्यीय चालक दलसहित ७२ जना सवार थिए ।

 

बिहान  काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो । 

दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ। ’३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्।

निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ।’ मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए। अहिलेसम्म कोही पनि जीवित नभेटिएको उनले बताए। जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।

नागरिक उड्डयन प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट अनुसार पोखरामा व्यवसायिक उडान अन्तर्गत भएको यो दोस्रो दुर्घटना हो । यसअघि ०५९ भदौ ६ गते सांग्रिला एयरको ट्वीनअटर दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन-एनएसी विमान सन् २००७ मा बनेको खुलेको छ । फ्रान्सेली-इटालियन कन्सोर्टियम विमानले १५ वर्षदेखि उडान भरिरहेको हो ।

यो विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान भरेको थियो । ७५४ सिरियल नम्बरको एटीआर ७२-५०० विमान १७ अगस्ट २००७ मा कम्पनीले भारतीय किंगफियर एयरलाइन्सलाई डेलिभर गरेको थियो ।


किंगफिसरले भीटी-केएजे कलसाइनमा यो विमान ३० मार्च २०१३ सम्म उडायो । अप्रिल २०१३ देखि यो विमान थाइल्यान्डको नोक एयरले किन्यो । एनओकेले एचएस-डीआरडी कलसाइनमा उडाएको यो विमान २० अप्रिल २०१९ मा यती एयरलाइन्सले किनेको थियो ।

यो विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डोमो उडान पनि भरेको थियो । नेपालमा सामान्य अवस्थामा उडिरहेको विमान आइतबार पोखरामा अवतरणको क्रममा दुर्घटनामा परेको छ । 

 विमान दुर्घटनाबाट २९ जनाको शव संकलन गरिएको छ । हालसम्म २९ शवको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए । १४ वटा शव सेती खोंचमा फेला परेको तर निकाल्न गाह्रो भइरहेको र निकाल्ने प्रयास जारी रहेको एसपी केसीले बताए ।

आइतबार​ १ माघ २०७९ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया