×

प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत

images

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने सरकारको नेतृत्व आफूले गर्ने संकेत गरेका छन् । उनले आज जन्मजिल्ला काँस्कीमा आयोजित एक कार्यक्रममा आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएर यसको संकेत गरेका हुन् । 

कार्यक्रममा प्रचण्ड भने, ‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’

पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेश, पहाड, हिमाललाई एकावद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको सुनाएका उनले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रण गरेको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले अघि भने, ‘यो पटक देशको नेतृत्व गर्ने अवसर पाउँदा केही अविश्मरणीय विकासका योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’ नयाँ दलहरुको उदय प्रमुख दलहरुलाई चुनौतीसँगै अवसर भएको उनले बताए ।

प्रचण्डले भने ‘गम्भीर समीक्षासहित सुशासन, विकास र समृद्धिको दृष्टिले यो अभियान सुरु गर्न सकेनौं भने आउने दिन चुनौतीपूर्ण हुनेछ ।’ देशको विकासका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त बनेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले देशको नेतृत्व गर्ने अवसर पाए केही नयाँ गर्ने बताए ।

बुधबार २८ मंसिर २०७९ ०७:१९ PM मा प्रकाशित

प्रतिक्रिया