×

मनाङ एयरको हेलिकप्टर दुर्घटना

images

काठमाडौँ । मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको हो।
 

नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर  लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

दुर्घटनामा परी  पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन्। हेलिकप्टरमा उनी एक्लै थिए। 

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई उद्दार गर्न  फिस्टेल एयरको नाइनएन एजेआर कलसाइनको हेलिकप्टर गएको थियो। उनलाई काठमाडौं ल्याइ उपचारका लागि ह्याम्स अस्पताल लगिएको भुलले जानकारी दिए। 

शनिबार २७ असोज २०८० ०९:४४ AM मा प्रकाशित

प्रतिक्रिया