×

उम्मेदवारी खारेजविरुद्ध राजु गुरुङको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

images

काठमाडौं । रुपन्देही- २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट आज सर्वोच्चमा सुनुवाइ हुँदैछ।  सुनुवाइ हुन लागेको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको हो।

सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभई आफ्नो कम्पनी मात्रै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको र उक्त निर्णय बदरका लागि अदालत पुगी मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।

शुक्रबार​ २८ असोज २०७९ ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया