काठमाडौं । ललितपुरको कुपण्डोलमा भासिएको मुख्य सडक मर्मतको काम सुरु भएको छ ।
केयुकेएलले खानेपानीको पाइपको मर्मतको काम सुरु गरिसकेको छ भने सडक विभागले भासिएको सडक बनाउन सुरु गरिसकेको छ । केयुकेएलले खानेपानीको पाइपको काम सकाएको खण्डमा भोलि नै सडक मर्मतको काम सडक विभागले जनाएको छ ।
दिउँसो साढे १ बजे विस्फोटको आवाज सहित सडक भ्वाङ परेपछि त्यहाँबाट पानीको बाढी बगेको थियो । ठुलो आवाज सहित सडक भासिएको देखेपछि स्थानीय सडक किनारामा जम्मा भएका थिए । सडकमुनि राखिएको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप चुहावट भएर विस्फोट भएपछि कालोपत्रे गरेको सडकमा ठुलै भ्वाङ परेको हो ।
प्रतिक्रिया