×

नेकपा एमालेले तीन प्रतिशत सदस्यता विस्तार गर्ने

images

काटमाडौ । नेकपा (एमाले) ले वार्षिक कार्ययोजना तयार पारेको छ। तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्न कार्ययोजना तयार पारेको हो।

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले शनिबार बसेको स्थायी कमिटी बैठकले तयार पारेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको जानकारी दिए।

उनका अनुसार कार्ययोजनाअनुसार पार्टी सदस्यता शुद्धीकरण अझ व्यापक बनाइने छ। एमालेले आगामी जेठदेखि चैतसम्म कार्ययोजना अनुसार सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने छ।

अभियान अनुसार मिसन ५१ प्रतिशत पूरा गर्न प्रत्येक वडामा कुल मतदाता सङ्ख्याको ३ प्रतिशत पार्टी सदस्यता विस्तार गर्ने उनले बताए।

‘‘पार्टी सदस्यता मतदाताको सङ्ख्याको औसतमा ७ प्रतिशत रहेको छ। तर कतिपय पालिकामा न्यून रहेकाले प्रत्येक वडामा कुल मतदाताको ३ प्रतिशत विस्तार गर्ने योजना रहेको छ,” उनले भने।

उनका अनुसार यसव्रmममा विभिन्न राजनीतिक प्रशिक्षण सञ्चालन गरिने छ। यस्तै पार्टी सदस्यका छोराछोरीलाई पार्टीमा आबद्ध गर्न ‘छोराछोरी अभियान’ अभियान सञ्चालन गरिने छ। गोरखापत्र दैनिकबाट

 

 

आइतबार​ ३१ बैशाख २०८० ०७:३७ AM मा प्रकाशित

प्रतिक्रिया