×

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति

images

काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले  बताए ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको थियो । नेकपा (एमाले)का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए ।

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहित १२ जना थुनामा छन् । भने प्रहरीले आजमात्रै संविधानसभा सदस्य निर्वाचन २०७० मा रामेछाप- १ बाट निर्वाचित कांग्रेस सांसद आङटावा शेर्पाविरुद्धपनि पक्राउ पूर्जी जारी गरेको छ ।

आइतबार​ ३१ बैशाख २०८० १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया