×

कांग्रेसका नेताहरूले सन्देश दिएको भए पनि सरकार परिवर्तनबाहेकका कुरामा छलफल हुने: उपमहासचिव प्रदीप ज्ञवाली

images

काठमाडौं । नेकपा (एमालेले) सरकार परिवर्तनका विषयमा अहिले कुनै छलफल नहुने जनाएको छ ।

नेपाली कांग्रेसका नेताहरूले एमाले र कांग्रेस मिल्ने जिकिर गर्दै आएका छन् । “प्रतिपक्षसँग खासगरी मुलुकको बाह्य सम्बन्धमा, राष्ट्रिय सुरक्षाका मामलामा, संक्रमणकालीन न्यायको टुंग्याउने, संघीयतालाई कार्यान्वयन गर्न कहीँकतै गाँठो फुकाउनुपर्नेछ भने त्यो विषयमा खुला खुलस्त कुरा गर्छौं,” सचिवालय बैठकको निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग उनले भने । उनले कांग्रेसका नेताहरूले सन्देश दिएको भए पनि सरकार परिवर्तनबाहेकका कुरामा छलफल हुने बताए ।

“नेकपा (एमाले)को तर्फबाट अहिले सरकार परिवर्तन, नयाँ समीकरण निर्माणको निम्ति कुनै छलफल हुँदैन । त्यो उहाँहरूले दिएको सन्देश हो,” ज्ञवालीले भने, “हामी अरू एजेन्डामा खुलेर कुरा गर्छौं । देश अघि बढाउने कुरामा सत्तापक्ष र प्रतिपक्षको भूमिका हुन्छ ।
 

आइतबार​ २ बैशाख २०८१ ०६:५२ PM मा प्रकाशित

प्रतिक्रिया