×

लेखक : केशब श्रेष्ठको मेरो देश कविता

images

कविता:

शिखर शिखरमा सस्कृति भएको देश

आकास धरती जोडने देश

मिल्नु मिलाउनुपर्ने देश

 

तर,

केहि नमिलेको देश

पूर्ब हेर्यो पुर्बै जलेको देश

 

पक्षिम हेर्यो महाकाली बेचिएको देश

उत्तर हेर्यो सगरमाथा रित्तिएको देश

तराइ हेर्यो सिमाना खुम्चिएको देश

देश हेर्यो युवा रित्तिएको देश

 

घर हेर्यो बुडा  बुडीले भरिएको देश

जमिन हेर्यो पाखा रित्तिएको देश

बागमती हेर्यो ढल दुरगन्ध को पारिबेस

विष्णुमती हेर्यो कालो कालो रछान्ले

गति रोकिएको स्वदेश

 

सिंहदर्बार हेर्यो भ्रष्टाचार पल्किएको देश

बुढानिलकण्ठ हेर्यो कण्ठ रोकिएको देश

खुमलटार हेर्यो तार बेतार भएको देश

सितलनिवास खोज्नु पर्ने सितलता को देश

 

युवा हेर्यो वेरोजगार ले भौतारिएको देश

गौचर अड्डा हेर्यो

मुलुक छोडनेको अत्यास लाग्दो

निरासा को देश

 

खै , यहाँ के के पो हेर्नु पर्ने देश

मिल्नु मिलाउनु पर्ने देश

स्वाश्थ हेर्रौ कि शिक्षा

धारा हेरौ कि भान्शा

 

महंगीको थाप्लो रोकौकी

प्रदुषण को ज्वाला

मेरो देश मेरो परिवेश

भष्टाचार रोकौ कि भाषण

 

नारा घंकाउकी झन्डा बोकौ

मेरो देशलाई माया गर्ने खोजौ की

रिश्रमि जागरिला शक्ति रोपौ I

 

- केशब श्रेष्ठ, बैशाख गते, २०८१ साल

आइतबार​ २ बैशाख २०८१ १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया