×

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

images


काठमाडौं।  नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा घटाएर ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर घटेको छ । बैंकले बचत खातामा न्यूनतम ५.४०प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ ।

यस्तै, बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो ।

शुक्रबार​ १ बैशाख २०८० १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया