×

रकम फिर्ता गर्न हातेमालो गरी अगाडी बढौ नारा सहित भृकुटीमण्डपमा प्रदर्शन जारी

images

सहकारीमा ठगिएकाहरूको रकम फिर्ता र धनको सुरक्षा गर्नुपर्ने दायित्वमा सरकार चुक्दा लाखौं सर्वसाधारणले  बचत गरेको अर्बाैं रुपैयाँ जोखिममा रहेको  छ।सहकारी पीडितहरुको समस्या समाधानका लागि न सरकारले काम गरेको छ, न त राजनीतिक दलका नेताहरुले नै । बरु कतिपय नेताहरुले सहकारीका ठग्नहरुसँगै मिलेमतो गरेका कारण यो क्षेत्रमा दण्डहीनताले प्रश्रय पाएको छ ।‘सरकारलाई दबाब दिन आज ठमाडौं उपत्यकामा बृहत् दबाबमूलक कार्यक्रम गरेको हो । आज  बचत फिर्ता नहुँदासम्म निरन्तर आन्दोलनमा रहेनेछौ  भन्दै एकजना पिडित "

 

महासंघका अध्यक्ष कुशलभ केसीले मुलुकको करिब तीन सय सहकारीले बचतकर्ताको करिब एक अर्ब रुपैयाँ अपचलन गरेको देखिएको बताए । ‘सरकारले केही सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेको छ । तर, महासंघमा करिब तीन सय सहकारीका पीडित संगठित भएर आएका छन् । सबैको रकम एकमुस्ट गर्दा अपचलन भएको रकम एक खर्ब रुपैयाँ पुग्छ,’ उनले भने । 

 

सहकारीमार्फत आर्थिक एवं वित्तीय अपराध गरेर फरार हुनेहरुलाई समात्ने जिम्मेवारी गृह प्रशासनको हो । तर, सहकारीका ठगहरुलाई सरकारले समाउन र पीडितहरुको डुकेको रकम फिर्ता गराउन सकेको देखिँदैन । सरकारको यही लाचारीका कारण लाखौं नागरिकहरु पीडित बन्नु परिरहेको छ ।

बिहीबार १ चैत २०८० ०४:५० PM मा प्रकाशित

प्रतिक्रिया